काठमाडौं, १४ चैत । आज देशभरको मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ६ बजे सार्वजनिक गरेको विवरण अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा छ।
दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।