Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बारपाकमा धामी झाँक्रीलाई कुष्टरोग पहिचान सम्बन्धी अभिमुखीकरण


1.5K
Shares

बारपाकमा धामी झाँक्रीलाई कुष्टरोग पहिचान सम्बन्धी अभिमुखीकरण

गोरखा, १४ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ बारपाकमा धामी झाँक्रीलाई कुष्टरोग पहिचान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको आयोजना नेत्रहिन संघ गोरखाको साझेदारी र आईएनइफको आर्थिक सहयोगमा एक दिने कुष्टरोग पहिचान सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कुष्टरोग पहिचान बारे धामी झाँक्रीसहित वडाका स्वायम सेविका तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गराएको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । ‘यो रोगले पछि गएर समस्या निम्त्याउछ, गाँउका मान्छेहरु अहिले पनि धेरै धामी झाँक्रीमा विश्वस गर्ने गर्छन् ’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले धामी झाँक्रीसहित वडाका स्वायम सेविका तथा स्वास्थ्यकर्मीहरुलाई यस बारे अभिमुखीकरण गराएका र्छौ ।’

अभिमुखीकरण पछि आज र भोली शिविर आयोजना गरी कुष्टरोग छाला सम्बन्धि, हाडजोर्नी खिएकाहरुको फिजियोथेरापी जाँच गरीने नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन कुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार बिमारीहरुको जिल्ला स्वास्थ्य कार्यलय गोरखाका ५ जना बिशेषज्ञ डाक्टरहरुबाट जाँच तथा उपचर गरीने छ । बधबार (चैत १५) गते वडा नम्बर – ६को सुर्य ज्योती माविमा शिविर आयोजना गरिएको छ ।

जाँच पछि थप उपचार गर्नु पर्नेहरुलाई पोखरा पठाईने गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक भट्टले बताउनुभयो । गोरखा स्वास्थ्य शाखाका निमित्त प्रमुख नरजङ्ग ठकुरीले अभिमुखीकरण कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology