Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

खाने पानी ट्यांकीभित्र भेटियो फेला


1.6K
Shares

खाने पानी ट्यांकीभित्र भेटियो फेला

तनहुँ, १२ चैत्र ।  तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आइतबार बिहान शव भेटिएको हो घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

‘दुई(तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देख्यौं,’ उहाँले भन्नुभयो । पृथ्वीराजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटकपटक काटिने गरेकाले सोही कारण पानी धमिलो आएको हो कि भन्ने शंकन आफूलाई भएको उहाँले बताउनुभयो।

‘दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्यांकी हेरौं न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसंग भयौं,’ उहाँले बताउनुभयो । उनले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको बताउनुभयो ।

‘ढकन खोल्दा सुरूमा कपाल जस्तो देख्यौं, पछि कपडा पनि देख्यौं, तत्कालै प्रहरीलाई खबर गरेर बोलायौं,’ उहाँले भन्नुभयो। उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ । जिल्‍ला प्रहरी कार्यालयका प्रमुख एसपी अबदेश विष्टले शव निकाल्ने काम भइरहेको बताए। शवको सनाखत पनि भइसकेको छैन । ‘अहिले शव निकाल्न लागेका छौं। पुरूषरमहिला भन्ने पनि खुलेको छैन। सनाखत पनि शव निकालिसकेपछि थाहा होला,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology