गोरखा, १२ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा सदरमुकाम आउनु भएको छ । बिहान ९ः३० बजे गोरखा सदरमुकाम आउन ुभएका पौडेलले सुरुमा नै गोरखकाली र गोरखनाथको मन्दिरमा बिधि पूर्वक पुजा आरधना सम्पन्न गरी ठुलो आगनमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
गोरखा दरर्बारका मुल पुजारी सारदाप्रसाद भट्टराईले बिधि पूर्वक पुजा गराउनुभएको थियो । राष्ट्रपति पौडेलले गोरखा स्रग्रलाय परिषरमा केही सर्व साधारणहरुसँग भेटघाट समेत गर्नुभएको छ ।