Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


1.4K
Shares

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी,१२ चैत । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

से २ त २८५० नम्बरको ट्याक्टर हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार कैलालीको गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठाराको मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा गएराति साढे १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोहन्याल गाउँपालिका ५ की २० वर्षीया निर्मला रोकामगर र ४० वर्षीया गौमती विक घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology