Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आजको मौसम : पहाडी भू—भागमा वर्षाको सम्भावना


721
Shares

आजको मौसम : पहाडी भू—भागमा वर्षाको सम्भावना

काठमाडौं, १२ चैत । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको र दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

महाशाखाले आगामी चौबिस घन्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology