जनकपुरधाम , ११ चैत्र । दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकाका ३ मा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।
आज बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ६७७८नम्बरको ट्रक र प्रदेश १।०(००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।
ना ६ ख ६७७८नम्बरको ट्रक चालक सुनसरी ईनर्वाका २८ वर्षीय सागर चौधरी, सह(चालक सुनसरी भरौल ६ का ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १ ०२(००१ ख ९२९२ का चालक सर्लाही बागमती ११ का २० वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा प्रदेश १ ०२(००१ ख ९२९२ का सह(चालक मोरङ बेलवारी ८ का ४४ वर्षीय लोकमान थापा घाइते भएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले दुर्घटनामा घाइते उनलाई उपचारका लागि ढल्केवर हस्पिटल पठाएको जानकारी दिनुभयो । दुर्घटना भएको दुबै ट्रक क्षतिग्रस्त बनेको छ । ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त बनेको देखिएको छ ।