गोरखा, १० चैत्र । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर – ९ नामजुङको बुङ्गकोटघाटमा फाल्गुण २३ गतेदेखी ३० गतेसम्म सञ्चालन भएको सप्ताह महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ । आज (शुक्रवार) सदरमुकाममा पत्रकार सम्मेलन गदै खर्च विवरणको सार्वजनिक गरिएको मुल समारोह समितिका महासचिब नारायण प्रसाद लामिछानेले जानकारी दिनुभयो । सात दिन सम्म चलेको महायज्ञबाट ९३ लाख ९४ हजार ३४ रुपैयाँ संकलन भएको उहाँले बताउनुभयो ।
लामिछानेका अनुसार महायज्ञका लागि ३९ लाख ७४ हजार ५ रुपैयाँ खर्च भएको थियो । हुदाँ ५४ लाख १८ हजार ५२९ रुपैयाँ सञ्चित गरीएको उहाँले बताउनुभयो । महायज्ञमा ९ जनाले ब्रतबन्ध गराएका थिए भने ११ जनाले तुला दान गरेको मुल समारोह समितिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । यज्ञमा रकम दिनका लागी प्रतिबद्वता गरेअनुसारको १९ लाख ५९ हजार ९८४ रुपैयाँ भने उठ्न बाँकी रहेको समितिले जनाएको छ ।
अध्यक्ष थापाले चैत्र मसान्तसम्ममा प्रतिबद्वता अनुसारको रकम उठाई सक्ने तयारी रहेको बताउनुभयो । त्यस पछि मात्र कुल बचत रकम कति हो भनेर सार्वजनिक गरिने अध्यक्ष थापा को भनाई छ । समितिले यज्ञबाट २ करोड रुपैयाँ संकलन गरीने लक्ष्य राखिएको थियो । यज्ञमा शहिदलखन गाँउपालिका–६ फुनडाडाँका–७५ बर्षिय खिलप्रसाद ढकालले १ रोपनी जमिन दान समेत गर्नु भएका छन् । विक्रम सम्बत १९८८ सालामा भिमसेन थापाले महादेवको मन्दिर, सत्तल,कान्जिघर, कारागार तथा माझी र पाहुना बस्ने घरहरु निर्माण गर्नु भएका थिए ।
बुढी गण्डकी जलाशय निर्माण गर्दा उक्त मन्दिर ढुवानमा पर्ने भएपछि स्थानियको सक्रियतामा मन्दिर उपयुक्त स्थानमा स्थान्तरणकोलागी महायज्ञ गरीएको हो । महायज्ञमा गोरखाको गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिकाका साथै धादिङको ज्वालामुखी, खरी र त्रिपुरासुन्दरी गाउँपालिकाका करिब ३० हजार भक्तजनहरुले कथा श्रवण गरिएको मुल समारोह समितिका महासचिव लामिछानले बताउनुभयो । बुंकोट घाटमा रहेको सत्तल नेपालकै ठुलो सत्तल (चत्वरे यात्री, बटुवा) आदिलाई बस्नका निम्ति सरकार वा धर्मात्मा मानिदै आएको छ ।