काठमाडौं, १० चैत । काठमाडौं महानगरपालिकाले पहिलोपटक सर्वसाधारणका लागि निश्चित समय तोकेर रानीपोखरी खुला गरेको छ।
महानगरपालिसकाले गत फागुन २७ गतेदेखि सर्वसाधारणका लागि रानीपोखरी खुला गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो।
उहाँका अनुसार रानीपोखरी बिहान निश्चित समयका लागि मात्र खोलिएको हो। उहाँका अनुसार बिहान मर्निङ वाक गर्न ६ बजेदेखि ८ बजेसम्म खुला गरिएको बताउनुभयो ।
२०७२ सालमा भूकम्पले क्षति पुगेको रानीपोखरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको थियो। त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी २०७८ साल पुस ८ गते हस्तान्तरण गरेको थियो।
यसअघि भाइटीका र छठ पर्वमा मात्र खोलिने रानीपोखरी पहिलोपटक सर्वसाधारणको लागि दिनुहँ रूपमा खुला गरिएको हो। रानीपोखरीमा छिर्न कुनै पनि शुल्क लाग्ने छैन।