Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्छौँ : रास्वपा


1.1K
Shares

पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्छौँ  :  रास्वपा

काठमाडौँ,९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने बताएको छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले १० गतेको सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताएका हुन् ।

सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा सरकारमा जान सकिने उहाँको भनाइ छ । ‘हामी सरकारमा जानेरनजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं । पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जान सक्छौँ,’ रातोपाटीसँग कुरा गर्दै ढकालले भन्नुभयो, ‘पुस १० गतेको सहमति बमोजिम गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री हुनुपर्ने छ ।

साझा न्युनतम कार्यक्रममा हामीले भने बमोजिम विषयवस्तु समेट्नुपर्यो ।’ बैठकमा भने प्रधानमन्त्री प्रचण्डबाट बोलावट नभएकाले सहभागी नभएको ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology