Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माओवादी केन्द्र गोरखाद्धारा स्वबियू निर्वाचनमा बिजयी अखिल क्रान्तिकारीका बिधार्थीहरुलाई शुभकामना प्रदान


1.3K
Shares

माओवादी केन्द्र गोरखाद्धारा स्वबियू निर्वाचनमा बिजयी अखिल क्रान्तिकारीका बिधार्थीहरुलाई शुभकामना प्रदान

गोरखा, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोरखाले स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनमा गोरखा जिल्ला भित्रका क्याम्पसहरुबाट निर्वाचित भएका अखिल ९क्रान्तिकारी० का बिधार्थीहरुलाई आज शुभकामना प्रदान गरेको छ । जिल्ला पार्टी कार्यालयको सभाहलमा आज एक कार्यक्रमको बिच माओवादी पार्टी केन्द्रय सदस्य हरिराज अधिकारी तथा पार्टी जिल्ला समन्वय समितिका संयोजक बिष्णुप्रसाद भट्ट लगायतले अबिर र खादा लगाएर अखिल ९त्राmन्तिकारी ० का तर्फबाट निर्वाचित स्ववियूका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिनुभएको हो ।

गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका पूर्व सांसद समेत रहनु भएका पार्टी केन्द्रय सदस्य अधिकारीले नबर्निवाचित सबै स्ववियु बिद्यार्थीहरुलाई सपथ खाई सकेपछि बिद्यार्थीको हक हितको लागि सवै प्रकारका चुनौतीहरुको सामान गर्न तयार रहन निर्देशन दिनुभयो । उहाँले कुनै पनि स्वार्थको पछाडी नलागी नयाँ योजना सहित काम गरि माओवादी पार्टीको शिर सधै उच्च राख्ने काम गर्न निर्वाचित सबै बिद्यार्थी लाई निर्देशन समेत दिनुभयो।

‘ सर्वसम्मत चयन भएपनि यो निर्वाचन नै हो ।सहि उदेश्यका साथ समाज बदल्ने तवरले बढ्न र अप्ठायारो पर्दा नेपाल कम्युनिष्ट पार्टीले सधै साथ सपोर्ट गर्ने छ । उहाँले भन्नुभयो । जिल्ला पार्टी अध्यक्ष बिष्णु भट्टले बिद्यार्धीको हक हितको लागि बिधार्थी संगठनले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । जिल्ला पार्टी अध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रय सदस्य अधिकारी , जिल्ला पार्टी इन्चार्ज अमर तमु, केन्द्रय पार्टी सदस्य लेख बहादुर थापा मगर, कमला नहर्की, भगवती तिवारी, पार्टीका गण्डकी प्रदेश कमिटिका सदस्य ध्रब कुमार भट्ट लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology