Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बसको ठक्करबाट ७६ बर्षिया बृद्धाको मृत्यु


833
Shares

बसको ठक्करबाट ७६ बर्षिया बृद्धाको मृत्यु

म्याग्दी,८ चैत्र । मुक्तिनाथ मन्दिर दर्शन गरी उपल्लो मुस्ताङको कोरोला नाकातर्फ जाने क्रममा बसले किच्दा सोही बसमा यात्रारत एक तीर्थयात्रुको मृत्यु भएको छ । बुधबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा भे १ ख २७५४ नम्बरको बसले नवलरासी पूर्वको गैंडाकोट–४ की ७६ खिलमाया श्रेष्ठलाई किचेको हो ।

उनको दायाँ खुट्टामा बसले किचेको प्रहरीले जनाएको छ । मुस्ताङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएका मुस्ताङ प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासीको गैंडाकोटबाट आएको टोली मुक्तिनाथ दर्शनपछि कोरोला नाकातर्फ जाने क्रममा छुसाङमा चियापानका लागि रोकिएको थियो । चियापानपछि बस चलाउँदा सोही बसमा यात्रारत श्रेष्ठ बस चढ्ने क्रममा दाहिने खुट्टा बसले किचेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology