गोरखा, ८ चैत । गोरखा घर भएका कृष्णबहादुर लामिछानेको अमेरिकामा मृत्यु भएको छ । शहीद लखन गाउँपालिका वडा नम्बर ९ स्थित नाम्जुङ् स्थायी घर भएका टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछाने टेक्सस स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ ।
लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित हुनुभएको छ । टेक्ससमा व्यवसाय गर्दै आएका उहाँ सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्थो । लामिछानेको मृत्युले टेक्ससको नेपाली समाजलाई अपूरणीय क्षति भएको छ ।