Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विमानमा नेपाली फिल्म देखाउन पर्यटनमन्त्री किराँतीलाई निफलेको आग्रह


749
Shares

विमानमा नेपाली फिल्म देखाउन पर्यटनमन्त्री किराँतीलाई निफलेको आग्रह

काठमाडौं,७ चैत्र । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफले नेपालबाट उडान हुने विमानमा सबै नेपाली फिल्मलाई स्क्रिनिङ हुने व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आग्रह गरेको छ । समापन समारोहमा बोल्दै फेस्टिभल अध्यक्ष केपी पाठकले यसो गर्न सकिए कोभिडपछि थलिएको र हलमा पनि चल्न मुश्किल हुने फिल्मलाई आर्थिक रुपमा राहत मिल्ने बताउनुभयो ।

केही वर्षयता नेपाल वायु सेवा निगमले आफ्नो उडानमा केही नेपाली फिल्मलाई स्क्रिनिङ गरिरहेपनि यो पर्याप्त हुन सकेको छैन । ‘हामीले अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनी र गैरआवासीय नेपालीहरुसँग पनि यसबारे छलफल अघि बढाएका छौं,’ । हलबाट लगानी उठ्न मुश्किल परिरहेको बेला डिजिटल प्लेटफर्मले निर्मातालाई राहत दिन सक्ने आशा आफूहरुले राखेको पाठकले बताउनुभयो । ‘कोभिडपछि सुस्ताएको बजार र पछिल्लो समय डिजिटल प्लेटफर्म जसरी उदय भइरहेको छ, यस सन्दर्भमा एयरलायन्समा फिल्म देखाउनु महत्वपूर्ण कुरा हो,’ उहाँले भन्नुभयो ।

कोभिड अघिदेखि नै वायुसेवा निगमले केही फिल्मलाई जहाजमा देखाउँदै आएको थियो । यसपटक भने विदेशी एयरलायन्स कम्पनीहरुलाई पनि स्क्रिनिङमा समेट्नेतर्फ निफले कदम चालेको हो । मन्त्री किरातीले यसबारेमा सकारात्मक प्रतिक्रिया दिएको उहाँले जनाउनुभयो । मन्त्री किराती फिल्म कूटनीतिबारे पनि चर्चा गरेका थिए । यसै साता भएको निफको छैटौं संस्करणको उद्घाटन समारोहमा चिनियाँ राजदूत छेन सोङले नेपाली फिल्मलाई स्वागत गर्न चीन तयार रहेको बताउनुभएको थियो । उहाँले फिल्ममार्फत नेपाल र चीनको कूटनीतिक सम्बन्ध थप प्रगाढ हुने बताउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology