Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भोलीदेखि मौसममा सुधार आउने


1.6K
Shares

भोलीदेखि मौसममा सुधार आउने

काठमाडौं, ७ चैत्र । भोली (बुधबार)देखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षासँगै चिसो महसुस पनि भइरहेको छ । यसबाट कतिपय जिल्लाको जनजीवन प्रभावित भएको छ ।

हिजोआजको तुलनामा बुधबारदेखि भने मौसम सफा हुने वरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो। ‘पानी पर्दै नपर्ने होइन, तर हिजो र आजको तुलनामा कम पानी पर्छ,’ कँडेलले भन्नुभयो ।

अहिले प्रिमनसुन सिजनको समय छ । यही बेला स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघ गर्जनरचट्याङसहित पानी परेको छ । प्रिमनसुन अघिको समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ । उच्च हिमाली भेगमा हिउँसमेत पर्ने गर्दछ ।

केही दिनयता पश्चिमदेखि पूर्वी नेपालसम्मै पानी परिरहेको र उच्च हिमाली भेगमा हिउँ परिरहेको कारण यही हो । त्यसैले यो समयमा सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे पनि पर्याप्त जानकारी लिन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology