Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहरका मान्छे गाउँ फर्कने अभियानले मात्र नेपाल सम्बृद्ध बन्छ : डा. भट्टराई


1.2K
Shares

शहरका मान्छे गाउँ फर्कने अभियानले मात्र नेपाल सम्बृद्ध बन्छ : डा. भट्टराई

गोरखा, ७ चैत्र । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शहरका मान्छे गाउँ फर्कने अभियानले मात्र सम्बृद्ध नेपाल बन्ने बताउनु भएको छ । गोरखाको हर्मीमा आज आयोजित पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक खण्डको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ उहाँले शहरमा पुगेका मानिसहरु गाउँ फर्काउन सके मात्र सम्बृद्ध नेपाल बनाउन सकिने बताउनु भएको हो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले गाउँमा उत्पादनमूलक रोजगारीको अभावमा युवाहरु बिदेशिने क्रम बढेको भन्दै कृषिको आधुनिकीकरणसंगै रोजगारीको सृजना नहुँदा गाउँघर पुरै खाली हुने अबस्थामा पुगेको बताउनुभयो । ‘खास गरि गुणस्तरीय शिक्षा नहुनु त्यसले गर्दा युवाहरु बाहिर पलायन हुने, कृषिको आधुनिकीकरण नहुँदा र उत्पादनमूलक रोजगारी सृजना नहुँदा गाउँघर पुरै खाली छ, उहाँले भन्नुभयो, ‘यसले सडक मात्र बन्ने तर जनता चाही बाहिर जाने क्रम भइरह्यो भने देशको बिकास हुनसक्दैन ।’

डा. भट्टराईले श्रम पलायन मात्र हुने अबस्था भइरहदा सडकबाट बेच्ने कुरा केही पनि नहुने तर किन्ने कुरा मात्र हुने अबस्थाको सृजना हुने भएकाले त्यसबाट देशमा झनै परनिर्भरताको अबस्था बढ्ने तथा आर्थिक रुपमा झनै टाट पल्टिने खतरा रहने उल्लेख गर्नुभयो । ‘डाँडापाखा र खेतबारीहरु पुरै बाँझो हुने जुन अवस्था छ, उहाँले भन्नुभयो, ‘त्यसले सडक मात्र आउने तर जनता चाही बाहिर जाने अबस्था राम्रो होइन ।’

उहाँले गाउँमै गुणस्तरीय शिक्षा बनाएर युवाहरुलाई गाउँमै पढ्ने र वावुआमा छोराछोरी पढाइका लागि शहर जानु नपर्ने वातावरण बनाउदै अहिलेको शिक्षामा आमुल सुधार गर्नुपर्नेमा जोडदिनुभयो । डा. भट्टराईले उत्तरी गोरखामा प्रचुर मात्रामा जडीबुटी सम्भावना रहेकाले त्यसको उचित सदुपयोग गर्नसक्नुपर्ने बताउनुभयो ।

उहाँले उत्तरी गोरखामा उत्पादित जडीबुटीको प्रसोधन गर्नका लागि अहिले जरेवर नजिकै उद्योग सञ्चालनका लागि प्रक्रिया सुरु भएको बताउनुभयो । बिशेष रुपमा गुणस्तरीय शिक्षा बनाएर युवाहरुलाई गाउँमै पढ्ने र वावुआमा छोराछोरी पढाइका लागि शहर जानु नपर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology