काठमाडौं, ६ चैत्र । आइतबार नयाँ कीर्तिमान कायम गरेको सुनको भाउ सोमबार घटेको छ । उक्त दिन सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो।
सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख १० हजार रुपैयाँ पुग्यो। सोमबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको हो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।