Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाली सेनाका टमाटाले जिते तेस्रो लिगलिगे साइकल दौड


1.2K
Shares

नेपाली सेनाका टमाटाले जिते तेस्रो लिगलिगे साइकल दौड

 गोरखा, ४ चैत्र । गोरखाको पालुङटार नगरपालिका वडा नंं. २ लिगलिग कोटमा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका हिमाल टमाटाले उचालनु भएको । अघिल्लो रेकर्ड तोड्दै ‘मेन इलिट’ तर्फको ५३ दशमलव ४ किलोमिटर निर्धारित दुरी २ घण्टा २४ मिनेट २७ सेकेण्डमा पार गर्दै उहाँले उपाधी जित्नु भएका हुन् । दोस्रो लिगलिगे साईकल दौडमा ५२ दशमलव ९ किलोमिटर २ घण्टा २५ मिनेट ४८ सेकेन्डमा पारै गर्दै सुरज रानाले उपाधि जित्नु भएको थियो ।

प्रतियोेगितामा निर्धारित दुरी २ घण्टा २४ मिनेट ४१ सेकेण्डमा पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बन्नु भएका छन् ।
यस्तै काठमाण्डौका कुमार तामाङले निर्धारित दुरी २ घण्टा २४ मिनेट ४६ सेकेण्डमा पार गरेर तेस्रो बन्नुभयो । त्यस्तै शसस्त्र प्रहरीका लक्ष्मण मल्ल चौथो र नेपाली सेनाका मान बहादुर थापा मगरले पाँचौ थान हाँसिल गर्नुभयो । उहाँहरुले क्रमश ७५ हजार, ५० हजार, ३० हजार, ५० हजार, १५ हजार र ७ हजार पाँच सय नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसका सचिव प्रमिला रानाले जानकारी दिनुभयो ।
त्यस्तै ‘मेन मास्टर’ तर्फ हर्क लामा पहिलो बन्नु भएको छ ।

उहाँले निर्धारित दुरी २ घण्टा ३२ मिनेट ४ सेकेण्डमा पार गर्नु भएका हुन् । पहिलो बन्नु भएका लामाले १५ हजार नगद पुरस्कार प्राप्त गर्नु भएका छन् । प्रतियोगीतामा निर्धारित दुरी २ घण्टा ४९ मिनेट ५५ सेकेण्डमा पार गरेर बिकास महर्जन दोस्रो बन्नु भएका छन् । उहाँले दश हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । निर्धारित दुरी २ घण्टा ५२ मिनेट २१ सेकेण्डमा पार गर्दै तेस्रो बन्नु भएका देव बहादुर वोहराले ५ हजार नगद पुरस्कार प्राप्त गुर्न भएको निवर्तमान अध्यक्ष संजिव रानाले बताउनुभयो ।त्यसैगरी स्थानियको तर्फबाट एकल सहभागिता जनाउनु हुदैं पालुटारका सुरज राना भाटले नगद पुरस्कार रु ५००० सहित मेडल र प्रमाण प्राप्त गर्नुभयो ।

प्रतियोगीताका बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गर्नु भएका हुन् । प्रतियोगीतामा दुई बिदेशी नागरिक सहित कुल ३९ जनाको सहभागीता रहेको थियो ।

लिगलिगकोटबाट सुरु भएको साईकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, आँपपिपल अस्पताल, भण्डारथोक, लमजुङ गरमवेशी, ठूलो बगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, लुइँटेल बयाडाँडा हुदै पुनः लिगलिगकोटमा आएर टुङ्गिएको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगीता गरिएको लिगलिग भिलेज स्पोर्टसकी सचिव प्रमिला रानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology