Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गर्मी सुरु भएपछि नगरपालिकाले बाँड्यो सिरक


770
Shares

गर्मी सुरु भएपछि नगरपालिकाले बाँड्यो सिरक

जनकपुरधाम,४ चैत  ।  तराई मधेशमा चैत आगमनसँगै गर्मी सुरु भएको छ । गर्मीबाट राहत पाउन पंखा(कुलर किन्न थालेको बेला धनुषाको नगराराइन नगरपालिकाले भने नागरिकलाई फाइबर सिरक वितरण सुरु गरेको छ ।

जाडोबाट जोगिन भन्दै वडा. नं. ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई सिरक वितरण गरिएको हो । शुक्रबार वडाका २०० भन्दा बढी नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिनुभयो ।

वडाको अनुमानित सात लाख बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपांगलाईलाई वितरण गर्ने काम भइरहेको छ । प्रति सिरक २ हजार २ सयको दरले खरिद गरिएको वडाध्यक्ष साहले बताउनुभयो ।

लामो विवादको कारण माघ १८ गते नगरसभा नै भएको कारण विनियोजित बजेटबाट सिरक वितरण गर्न ढिलो भएको उहाँले बताउनुभयो । यद्यपि अहिले सिरक वितरण गरिएपछि आगामी जाडोमा काम लाग्ने वडाध्यक्ष साहको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology