Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे


819
Shares

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान ९एनआईसीडी० ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ ।

‘पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको’, एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ । सङ्क्रमितहरू मध्ये ४२ प्रतिशतभन्दा बढी बालबालिकाहरू रहेका छन् ।

सरकारले सबै जनतालाई आफ्ना बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप लगाउन अनुरोध गरेको छ । दादुरा सङ्क्रमणका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, खोकी, आँखा रातो हुने र नाक बग्ने लगायतका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology