Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पश्चिमी वायुको प्रभावले चट्याङसहित वर्षाको सम्भावन


1.1K
Shares

पश्चिमी वायुको प्रभावले चट्याङसहित वर्षाको सम्भावन

काठमाडौं, ४ चैत्र । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज देशका केही भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

जल ताथ मौसम विज्ञान विभागका अनुसार आज देशभर स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हावा हुरी चल्ने र हल्कादेखि मध्यम वर्षा हुने विभागको आकलन छ।

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशको तराईको भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology