Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीसमेन थापा गाउँपालिका जनप्रतिनिधिहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु


791
Shares

भीसमेन थापा गाउँपालिका जनप्रतिनिधिहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु

गोरखा,३ चैत्र । गोरखाको भीमसेन थापा गाउँपालिकामा जनप्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आजदेखि दुई दिने जनप्रतिनिधि क्षमता अभिबृद्धि तालिम सुरु भएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

पालिका भित्रका ८ वटै वडाका वडाध्यक्ष, वडासदस्य तथा गाउँकार्यपालिका सदस्यहरुलाई सामाजिक सुरक्षा, जवाफदेहिता, कानुनी परामर्स लगायतका सवालमा अभिमुखीकरण प्रदान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै जनप्रतिनिधिहरूलाई तालिममा मानव अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, जनमुखी विकास, दिगो विकास लक्ष्य, गाउँपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारको अवस्था र जनप्रतिनिधिको भूमिका, मौलिक हक तथा स्थानीय तहमा रहेका कानुनी प्रावधान, निगरानी समितिको आचारसंहिता लगायतका विषयमा समेत जानकारी प्रदान गरिएको अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।

तालिममा पालिका भित्र ४३ जनाको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology