Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ


1.2K
Shares

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ

मोरङ,३ चैत्र । श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । ५३ वर्षीया देवी महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका(१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई २०७९ फागुन २५ गते दिउँसो धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका(१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology