Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बारपाक सुलिकोटका स्वास्थ्यकर्मीलाई मानसिक रोग रोकथाम तथा उपचार सम्बन्धि अभिमुखीकरण


1.2K
Shares

बारपाक सुलिकोटका स्वास्थ्यकर्मीलाई मानसिक रोग रोकथाम तथा उपचार सम्बन्धि अभिमुखीकरण

गोरखा, २ चैत्र । गोरखाको बारपाक सुलिकोट गाँउपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई मानसिक रोग रोकथाम तथा उपचार सम्बन्धि अभिमुखीकरण गराएको छ ।

गाँउपालिकाको आयोजना टिपिओ नेपालको प्रबिधिक सहयोगमा मानसिक रोग रोकथाम तथा उपचार सम्बन्धि ५ दिने मोडुल टु बी तालिम सम्पन्न भएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।

गाँउपालिकामा बढ्दै गरेको मानसिक स्वस्थ्य समस्याका बिरामीहरुलाई मध्यनजर गर्दै सो समस्याहरुलाई कम गर्नको लागि पारामेडिक्स स्वस्थ्यकर्मीहरुलाई अभिमुखीकरण गराएको उहाँले बताउनुभयो । कार्यक्रमलाई टिपिओ नेपालका प्रशिक्षक डा कमल गौतम र डा वसन्त ढुंगानाले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology