Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोट गाँउपालिको गैरीछापमा तीन महिने सिलाई कटाई तालिम सुरु


3.5K
Shares

बारपाक सुलिकोट गाँउपालिको गैरीछापमा तीन महिने सिलाई कटाई तालिम सुरु

गोरखा, १ चैत्र । बारपाक सुलिकोट गाँउपालिका वडा नं. ८ गैरीछापमा तीन महिने सिलाई कटाई सम्बन्धि तालिम सुरु भएको छ । गाँउपालिकाको आयोजनामा गरिबि निवारणका लागी लघु उधम बिकास कार्यक्रम अन्तरगत बिहीबारदेखी तीन महिने सिलाई कटाई सम्बन्धि तालिम सुरु गरेको हो ।

तालिमको एक कार्यक्रमका बिच गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले उद्घाटन गर्नु भएको हो । सिलाई कटाई सम्बन्धि तालिममा वडा भित्रका १४ जना महिलाहरुको सहभागिता रहेका छन् । तालिममा १४ जना सहभागिता रहे पनि सिलाई मेशिन भने ८ वटा मात्रै उपलब्ध भएकोवडा अध्यक्ष शरण गुरुङले जानकारी दिनुभयो  ।

‘अहिले हामीलाई ८ वटा सिलाई मेशिल प्राप्त भएको छ, बाँकीलाई कटिङ सिकाइने छ, पालैपालो गरी सबैलाई सिलाई कटाई दुबै तालिम सिकाउछौं ।’ अध्यक्ष गुरुङले भन्नुभयो । महिलाहरुलाई अत्मानिर्भर बनाई स्वारोजगार हुनका लागी तालिम दिइएको वडा अध्यक्ष गुरुङले बताउनुभयो। ‘ मान्छे आफैंमा केही पनि आत्मानिर्भर हुदैंनन् ।’ उहाँले भन्नुभयो, ‘ विषेश गरि महिलाहरुलाई आत्मानिर्भर बनाउनका लागी हामीले तालिम आयोजना गरेका हौं ।’

अध्यक्ष गुरुङका अनुसार गरिब, दलित तथा जनजाति वर्गका महिलाहरुलाई प्रथामिकतामा राखेर तालिम सुरु गरिएको हो । ‘हामीले यस तालिमका लागी आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई छनोट गरेका छौं ।’ उहाँले अघि भन्नुभयो, ‘तालिममा गरिब, दलित तथा जनजाति वर्गका महिलाहरुलाई विषेश प्रथामिकतामा राखेका छौं । ’

यस्ता खालका तालिमहरुले महिलाहरुलाई सशक्तिकारण गरी थप उदुयमशील र क्षमतावन बनाउने उदेश्य रहेको उहाँको भनाई छ । वडाध्यक्ष शरण गुरुङको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology