Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पल शाह पुन : साङ्गीतिक क्षेत्रमा फर्किए


1.4K
Shares

पल शाह पुन : साङ्गीतिक क्षेत्रमा फर्किए

काठमाडौं, २ चैत्र । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । रुकुममा जारी महोत्सवमा सहभागी हुन उनी बुधबार खलंगा पुगे । बहिनी रोशनीसँगै हेलिकप्टर चढेर उनी त्यहाँ पुगे । महोत्सवमा उनले गीत गाएर प्रस्तुति पनि दिए ।

हजारौं दर्शक सहभागी कार्यक्रममा पलले रुकुम आफ्ना लागि प्रिय रहेको भन्दै फ्यानको मन जित्ने प्रयास गरे । उनले जेल जीवनको अनुभव पनि बाँडे । उक्त अवसरमा पलले अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको घोषणा समेत गरे । एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए ।

दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए । महोत्सवमा उनले आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएका थिए ।

गत महिना तनहुँ कारागारबाट रिहा भएपछि पल घरमै आराम गरिरहेका छन् । निकट स्रोतका उनका अनुसार उनी केही फिल्मको तयारीमा समेत छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology