Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको छेवेटार र पालुङटारमा जाल्पाले केन्द्र प्रमुखलाई गरायो बित्तिय साक्षरता सम्वन्धी प्रशिक्षण


1.1K
Shares

गोरखाको छेवेटार र पालुङटारमा जाल्पाले केन्द्र प्रमुखलाई गरायो बित्तिय साक्षरता सम्वन्धी प्रशिक्षण

गोरखा, २ चैत्र ।  गोरखाको छेपेटार र पालुङटारलाई मुख्य केन्द्र बनाएर जाल्पाले केन्द्र प्रमुखलाई आज साक्षरता प्रशिक्षण दिएको छ । अहिले देशैभरका लघुबित्तिय संस्थाहरु प्रति सर्वसाधारणले हेर्ने दृष्टिकोणमा फरक पना आएको भन्दै छेवेटारका १११ जना र पालुङटारका १२६ केन्द्र प्रमुखलाई प्रशिक्षण दिएको केन्द्रिय कार्यालयका योजना तथा अनुगमन विभागिय प्रमुख धर्मभत्त आयार्यले जानकारी दिनुभयो । संस्थाबाट ऋण लिएर गएकाहरुले गलत उद्वेश्य राखी गलत ठाउँमा पैसा लगानी गर्दा सदस्यहरुमा समस्या आएको हुनाले देशभरका सबै वित्तिय शाखामा साक्षरता सम्वन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गदै आएको उहाँले बताउनुभयो । जाल्पा संस्थाको गोरखामात्रै ५ शाखा रहेको छ । जसमा गोरखा बजार, भच्चेक, पालुङटार, छेपेटार,र ध्याम्पेशालमा रहेको शाखमा १५ हजारभन्दा बढि महिलाहरु आबद्ध भएका छन् । छेवेटार शाखा अन्तरर्गत रहेको १११ वटा केन्द्रमा २ हजार १५० जना र पालुङटार शाखामा १२६ केन्द्रमा २ हजार २०० महिला सदस्य आवद्व रहेको गोरखाका अनुगम प्रमुख अनुपमा गैरेले जानकारी दिनभयो । प्रमुख गैरेका जाल्पाको गोरखामा रहेको कुनै पनि शाखामा आवद्व महिलाहरुमा समस्या नभएता पनि बाहिरी परिवेशका कारण वित्तिय साक्षरता सम्वन्धी प्रशिक्षण गराईएको बताउनुभयो । केन्द्रिय कार्यालय बुटवलमा रहेको जाल्लाले देशैभरका २९ जिल्लामा ९८ शाखा मार्फत महिला सदस्यहरुलाई वित्तिय सेवाहरु दिदै आएको छ । सोही अवशरमा संस्थामा आवद्व ४ उत्कृठ केन्द्र, ३ जना सफल ब्यवसायी, २ जना प्रभावकारी नेतृत्व गर्ने केन्द्र प्रमुखका साथै सदस्यका छोराछोरीहरुले एसइइमा उत्कृष्ठ अंक ल्याउने ४ जना र संस्थालाई सहयोग पुरर्याउने २ जनालाई समेत प्रमाण पत्र र नगद दिएर सम्मान गरेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology