जनकपुरधाम,२ चैत । ट्रक र विङगर ठोक्किंदा १४ जना घाइते भएका छन् । सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।
बुधबार मध्यराति सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २६०८ नम्बरको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको बा.०१(०२८ च २२१५ नम्बरको विङगर एक आपसमा ठोक्किएका हुन । घाइते हुनेहरुमा सबै विङगरमा सवार चालक र यात्री छन् । घाइेहरुमा विङगर चालक सिराहाको लहान नगरपालिका(२४ मनहरबाका ३५ वर्षीय दिलीपकुमार राम, २३ वर्षीय राकेशप्रसाद साह, साहकी श्रीमती ३० वर्षीया पिंकीकुमारी साह, छोरा वर्ष ५ का युमान साह, २० वर्षीया शीतलकुमारी साह छन् ।
यस्तै लहान(१ का ४५ वर्षीय गणेश साह, उनका छोरा ६ वर्षीय अवास साह, स्थानीय ५५ वर्षी रमेशकुमार साह, उनकी श्रीमती ५० वर्षीया मुनिदेवि साह, पर्साको वीरगञ्ज महानगरपालिका(३ बस्ने ४० वर्षीय राकेशकुमार गुप्ता, उनकी श्रीमती वर्ष ३५ की अभादेवि गुप्ता, भारत बिहार सितागढी ग्राम पंचायत वर्ष २० का रोशन साह, लहान(८ सुखिपुरकी २१ वर्षीया आरतीकुमारी साह र राकेश साहको छोरा वर्ष ८ का आरभ कुमार साह छन् ।
घाइतेहरुको स्थानीय युनिक अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रक, ट्रक चालक र विङगर इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।