Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखाबाट २ जना फरार महिला अभियुक्त पक्राउ


1.2K
Shares

गोरखाबाट २ जना फरार महिला अभियुक्त पक्राउ

गोरखा, १ चैत्र । गोरखा प्रहरीले दुई जना फरार महिला अभियुक्तलाई पक्राउ गरेका छन् । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका स्याङ्जा गल्याङ नगरपालिका वडा नं.५ का ४२ वर्षीय कल्पना सुवाल श्रेष्ठलाई फागुन ३० गते (मंगलबार) र सोहि स्थानका ४१ वर्षीय माया क्षेत्रीलाई चैत्र १ गते बुधबार (आज) जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

चेक अनादार मुद्दामा जनही २ बर्ष कैद तोकिई फरार रहेका उनीहरुलाइ प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो । फरार रहेको अभियुक्तहरुको फैसला कार्यान्वयन गर्ने सिलसिलामा बिशेष टोली गठन गरी परिचालन गरिएको र सोहि टोलीले उनीहरुले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो।

पक्राउ परेका दुई जनालाई आजै जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानका लागि गोरखा कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology