Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा अस्पतालमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया सेवा बिस्तार


1.4K
Shares

गोरखा अस्पतालमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया सेवा बिस्तार

गोरखा, १ चैत्र । गोरखा अस्पतालले हाडजोर्नी सम्बन्धी शल्यक्रिया सेवा विस्तार गरेको छ । गत सोमबार देखि सि आर्म मेसिनको सहायताले हाडजोर्निका जटिल खालका शल्यक्रिया सेवा शुरु गरिएको गोरखा अस्पतालका हाडजोर्नी विशेषज्ञ सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।

मेसिन दस दिन अघि नै आएको भएपनि सेवा भने दुई दिन अघिदेखि मात्रै सुरु गरिएको उहाँले बताउनुभयो । ‘अस्पतालमा सि आर्म मेसिन गत शनिबार आएको हो, दस दिन जति भयो तर सेवा भने हामीले केही दिन अघिदेखी मात्रै सुरु गरेका हौं ।’ उहाँले भन्नुभयो । डक्टर श्रेष्ठका अनुसार सि आर्म मेसिन अहिले सम्म चार जनाको शल्यक्रिया समेत गरि सकेको बताउनुभयो ।

जसमा एक १० वर्षीया बालकसहित बिसौनी मोडमा भएको दुर्घटनामा परी हातको हाड भाचिँएका एक पुरुष र दुई जना महिलाको शल्यक्रिया गरिएको थियो । शल्यक्रीया सेवामा हाडजोर्नी विशेषज्ञ सन्देश श्रेष्ठ, सिद्धार्थ खनाल,एनेस्थेसियोलोजिस्ट एलिसा लगायत चिकित्सकको टोलीको सहभागी थिए ।सि–आर्म एक प्रकारको एक्स–रे मेशिन हो । यसको सहयोगले बिरामीको शल्यक्रियाका क्रममा स्कुप, प्लेट तथा पाता राखिने गर्छ ।

शल्यक्रिया गरिएका बिरामीहरुको प्रतिक्रिया समेत राम्रो आउने गरेको उहाँ बताउनु हुन्छ । ‘पहिले भरतपुर काठमाडौं जानु पर्नी हुन्थ्यो, अहिले हामीले यहींबाट सेवा दिदाँ उहाँहरु सन्तुष्ट नै हुनुहुन्छ ’ उहाँले थप्नुभयो, ‘जिल्लाबाट सेवा दिदााँ खर्च कम हुनुको साथै नजिक हुने भएकाले आफ्न्ताको समेत राम्रो हेरचहा पाउँछ ।’

यसअघि जटिल खालको अप्रेशन गर्नका लागि भरतपुर, काठमाडौ, पोखरा लगायतका ठाउँमा रिफर गर्ने गर्दथ्यो । अब गोरखा अस्पतालमै जटिल खालको हाडजोर्नीको शल्यक्रिया हुने भएपछि धेरै खर्च गरेर बाहिरी जिल्ला जानु पर्ने बाध्यता हटेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology