Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हिमालय लोकस्टारमा गेस्ट जज बने प्रेमराजा महत


1.2K
Shares

हिमालय लोकस्टारमा गेस्ट जज बने प्रेमराजा महत

काठमाडौं, १ चैत्र । हिमालय लोकस्टारका पछिल्ला एपिसोड रोचक बनिरहेका छन् । हप्तैपिच्छे आउने सेलिब्रिटी जज र पाहुनाका कारण शो मनोरञ्जक बनिरहेको छ । मंगलबारदेखि भोटिङ राउण्ड सुरु भएको छ र दर्शकले मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।

भोटिङ राउण्डको पहिलो एपिसोडमा दुई सेलिब्रिटी पाहुना भित्रिए । जसमा गेस्ट होस्टको रुपमा टेलिभिजन पर्सनालिटी तथा कलाकार सन्दीप क्षेत्री र गेस्ट जजको रुपमा गायक तथा अमेरिकास्थित नेपाली अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत प्रस्तुत भए । महतले आफ्नो चर्चित गीत ‘बाँझो खेतमा’ गाउँदै दर्शकलाई मनोरञ्जन दिनुभयो । सन्दीपले पूर्वमिस नेपाल नम्रता श्रेष्ठसँग मिलेर शोलाई होस्ट गरे । यी दुई सेलिब्रिटीलाई मंगलबार र बुधबारको शोमा पाहुनाको रुपमा ल्याइएको शो निर्देशक सिमोस सुनुवारले जानकारी दिनुभयो। ‘अन्य एपिसोडमा अन्य कलाकारलाई ल्याउने तयारी छ, जसलाई दर्शकले रुचाउनुहुनेछ,’ उहाँले भन्नुभयो । भोटिङ राउण्डको पहिलो एपिसोडमै प्रतिस्पर्धीले दमदार गायकी प्रस्तुत गरे ।

जजमध्येका एक राजु परियारले भोटिङ राउण्डको प्रस्तुति हेर्दा सबै प्रतिस्पर्धी निखारिएर आएको बताउनुभयो । ‘लोकगायक हुनलाई तपस्या चाहिने रहेछ । प्रेमराजा महतभन्दा अघिका कलाकारलाई म लोकगायक ढुक्कले भन्छु । उहाँहरुले संकलन गर्नुहुन्थ्यो । म लोकलयको गायक हुँ । संकलन र लयमा फरक छ । अहिलेका प्रतिस्पर्धी पाँचौं पुस्तामा हुनुहुन्छ । यो पुस्तामा पनि यत्तिको गाउन सक्नु राम्रो कुरा हो,’ परियारले भन्नुभयो । हिमालय लोकस्टार प्रत्येक मंगलबार र बुधबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology