Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चैत्र ३ गतेका लागि तोकिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित


1.1K
Shares

चैत्र ३ गतेका लागि तोकिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

काठमाडौं, १ चैत्र । चैत्र ३ गतेका लागि तोकिएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।

मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाइ उच्च अदालत सुर्खेतमा उपस्थित हुनु आदेश जारि गरेको छ।

(मुसोम) मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालयका विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology