Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा कटुवाल नियुक्त


826
Shares

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा कटुवाल नियुक्त

काठमाडौं,१ चैत । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो । प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

२०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका उनले खेलाडी भएर मनाङ मस्र्याङ्दी, आरसीटी र मछिन्द्रबाट खेलेका थिए ।

उनले झापा ११ बाट राष्ट्रिय लिग पनि खेले । कटुवालले एएफसी ए लाइसेन्स पूरा गरेपश्चात पहिलो पटक २०७६ सालमा ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा काम गरे । उनले मछिन्द्रलाई लागातार २ पटक लिग च्याम्पियन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology