Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चितुवाको आक्रमणबाट २ जना घाइते


1.1K
Shares

चितुवाको आक्रमणबाट २ जना घाइते

पोखरा, १ चैत । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् । सामान्य घाइते अवस्थामा रहेका उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिनुभयो ।

पछि चितुवा मृतावस्थामा फेला परेको उहाँले बताउनुभयो । ‘स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेको छ,’ डीएसपी जोशीले भन्नुभयो, ‘अहिले चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको छ ।’

पोखरा महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार बिहान करिब साढे ७ बजेतिरको समयमा फार्ममा अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । चितुवाका कारण २ कालिजसमेत मरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology