Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चेक अनादार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरि गोरखा कारागार चलान


1.3K
Shares

चेक अनादार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरि गोरखा कारागार चलान

गोरखा, १ चैत ः चेक अनादार मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना फैसला तोकिएका स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ५ पिडिखोला स्थायी घर भएका ३४ वर्षीय सुमन श्रेष्ठ (सुवाल) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

सुवाललाई जिल्ला अदालत गोरखाले दुई बर्ष कैद सजाय सहित जरिवानाको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाको फैसला कार्यान्वयन गर्न गठित प्रहरीको एक बिशेष टोलीले उनलाई वडा प्रहरी कार्यालय वालिङ स्याङजाको सहयोगमा मंगलबार पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई अदालतको आदेश अनुसार कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार गोरखामा पठाइएको डिएसपी लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology