गोरखा,३० फागुन । गोरखाको भिमसेन थापा गाउँपालिकाले पालिका भित्रका पशुबस्तुहरुलाई खोप लगाउने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र गोरखाको सहयोगमा फागुन १ गतेबाट खोप दिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।
पालिकाको सबै वडाहरुमा पशुवस्तुलाई खोप लगाउनको लागि पशु खोपकर्ता आउने भएकाले आवश्यक समन्वय तथा सहजीकरण गरीदिन सबै जनप्रतिधिहरु, टोल विकास संस्था, स्थानीय समुह, क्लब लगायत कृषकहरुलाई सुसुचित गरिएको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।