Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अजिरकोट गाँउपालिकाले दियो अपाङ्गता परिचयपत्र वर्गीकरण सम्बन्धी तालिम


4.1K
Shares

अजिरकोट गाँउपालिकाले दियो अपाङ्गता परिचयपत्र वर्गीकरण सम्बन्धी तालिम

गोरखा, ३० फागुन । गोरखाको अजिरकोट गाँउपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वर्गीकरण सम्बन्धी तालिम दिएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजना तथा गाँउपालिकाको समन्वयमा अपाङ्गता परिचयपत्र वर्गीकरण सम्बन्धी आज एक दिने तालिम प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदैं जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समाजमा साधारण व्यक्तिको जस्तै हैसियतमा राख्नका लागि सबै जनप्रतिनिधिहरुको प्रमुख दायित्व हुने बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिहरुले पाउने सबै सेवा सुविधा वारेमा सू-सूचित गरि दिन आफुहरु पनि एकाकार भएर लाग्ने उहाँले प्रतिबद्दता व्यक्त गर्नुभयो ।

समाजमा अपाङ्गगता भएका व्यक्तिहरुले दोस्रो दर्जाको नागरिक भएर बच्नु पर्ने स्थितीबाट गाँउपालिकालाई मुक्त गराउन संकल्प पत्र जारी गरिने गाँउपालिका अध्यक्ष दिपक देवकोटाले बताउनुभयो । अपाङ्गगता हुनु कुनै अपराध नभई अपाङ्ग भएर जन्मनुलाई समाजले हेयको दृष्टिकोणले हेर्नु अपराध भएको उहाँको भनाई छ । अध्यक्ष देवकोटाले गाँउपालिकालाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

‘आज समाजमा अपाङ्गगता भएकाहरुलाई जुन प्रकारको असमानता र विभेद भैरहेको छ त्यसको निम्ति गाँउपालिकाले नीति निमार्ण गरि योजना कार्यान्वयन गर्न  प्रतिबद्ध भएर उहाँहरुको हितका लागि लाग्नेछौं।’ अध्यक्ष देवकोटाले भन्नुभयो । सेवाग्राहीले देख्ने, सुन्ने र मन छुने गरि काम गर्न नसक्ने हो भनी पदमा बसिरहनुको अर्थ नहुने समेत उहाँले धारणा ब्यक्त गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जनका लागी ५ लाख, क र ख वर्गका अपाङ्गहरुको निशुल्क उपचारको लागी ४ लाख र उनीहरुको अन्य आवश्यकताका लागि थप ४ लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

गाँउपालिका अध्यक्ष देवकोटाको अध्यक्षता तथा जिसस प्रमुख मोहनवहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष अनिता भुजेल, नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन कुमार बस्नेत, जनस्वास्थ्य प्रमुख नहरजंग ठकुरी ,सामाजिक विकास कार्यलयका कार्यलय प्रमुख दिपेन्द्र परियार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology