गोरखा, ३० फागुन । गोरखाको द्रब्यशाह क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति पदमा नेपाल विद्यार्थी संघका उम्मेद्वार सौनक घिमिरे सर्वसमत हुनु भएको छ ।
आज द्वार प्रमोदजंग कुँवरले आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै घिमिरे स्वावियु सभापतिमा सर्वसमत हुनु भएका हुन् । स्ववियु निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले तालमेल गरेर जाने सहमती भएको थियो ।
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने विद्यार्थी संघ संगठनबिच सहमती भएको थियो।
सोही अनुरुप गोरखा क्याम्पस र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा भने यस अघि नै सभापतिसहित सबै पदमा सर्वसमत भई सकेको छ ।
स्वातन्त्र उम्मेद्वारी परे पछि द्रब्यशाह क्याम्पसमा निर्वाचन हुने माहोल देखिए थियो । अब भने गोरखामा स्वावियु निर्वाचनको लागी चुनाव हुने स्थिती देखिदैन ।