काठमाडौं, ३० फागुन । काठमाडौंको दक्षिणकालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमबार साँझ साढे ६ बजे दक्षिणकाली नगरपालिका(२ मा सडक निर्माणको काम भइरहेको ठाउँमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।
‘गाडी ब्याक हुने बेलामा लागेर त्यहीँ काम गर्ने मजदुरको मृत्यु भएको हो,’ उआँले भन्नुभयो। बागमती प्रदेश ०१(००३ प ८६९० नम्बरको गाडीले नुवाकोट घर भई त्यही काम गर्दै आएका २४ वर्षीय सन्दीप तामाङ घाइते भएका थिए । उनको उपचारको लागि मेडिसिटी अस्पताल लगिएको थियो ।
त्यहाँ उपचारको क्रममा सोमबार राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताउनुभयो । गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ।