Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो


966
Shares

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

काठमाडौं,३० फागुन । सुनको मूल्य बढ्ने क्रम जारी छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि सुनको मूल्य तीन दिनमा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ तोकिएको छ, यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख ४ हजार एक सयमा छापावाल सुन र एक लाख ३ हजार ६ सयमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदी एक हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology