Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा अवैध काठसहित फर्निचर संचालक पक्राउ


1.4K
Shares

गोरखामा अवैध काठसहित फर्निचर संचालक पक्राउ

गोरखा, २९ फागुन । गोरखामा अवैध काठसहित फर्निचर संचालक पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ३ नारेश्वर चिसापानीका ४२ वर्षीय आशकुमार सुनारलाई आफैले संचालन गरेको आशिष फर्निचर उद्योगमा अवैध रुपमा सालको काठ लुकाइछिपाई राखेको आरोपमा सोमबार पक्राउ गरिएको हो ।

उद्योगमा अवैध रुपमा सालको काठ लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरीले टोलीले खोजतलास गरेका थिए । सोही क्रममा फर्निचर उद्योगबाट साल जातको ४९ थान गोलिया काठ र विभिन्न नापका चिरान काठ सहित एक सय १९ थान काठ बरामद गरिएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिनभयो ।

अवैध रुपमा राखिएको काठ सहित उद्योगका संचालक सुनारलाई पनि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । बरामद काठसहित उनलाई आजै थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय गोरखामा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology