Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जिसस गोरखाले ग¥यो त्रिशुली नदी थुनेर बनाउन लागेको बाटोको स्थलगत अनुगमन


1.6K
Shares

जिसस गोरखाले ग¥यो त्रिशुली नदी थुनेर बनाउन लागेको बाटोको स्थलगत अनुगमन

गोरखा, २९ फागुन । जिल्ला समन्वय समिति गोरखाले त्रिशुली नदी थुनेर बनाउन लागेको बाटोको स्थलगत अनुगमन गरेको छ । सिन्धुपाल्चोकको बलेफी ३ ठेगाना भएको त्रियुगा निर्माण सेवाले शहीद लखन गाउँपालिकाअन्तर्गत पर्ने त्रिशूली नदीको बगरको ढुंगा, बालुवा तार्न नदी नै थुनेर बाटो बनाइरहेको थियो।

No description available.

आज जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखसहितको टोलीले नदीको बहाब नै परिवर्तन हुनेगरी बनाउन लागेको बाटोको स्थलगत अनुगमन गरेको हो । नदी थुनेर बाटो बनाउदाँ यस क्षेत्रमा के कस्तो असर पर्ने नपर्ने बारे अध्ययन गरी आवश्यकता अनुसार पहल गर्न गाँउपालिकालाई सुझाव दिइने जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरले बताउनुभयो ।

No description available.

नदीको बहाब नै परिवर्तन हुनेगरी बाटो बनाइएको समाचार सञ्चारमाध्यममा प्रकाशन भएपछि गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै काम रोक्न निर्देशन दिएको थियो। गाउँपालिकाले ठेकेदारलाई निर्देशन दिएपछि त्रिशूली नदी थुनेर बाटो बनाउने काम तत्कालको लागी रोकिएको हो । वातावरणीय अध्ययन प्रतिवेदन समेतलाई मध्यनजर गरी वातावरणलाई असर नपर्ने हिसाबले ६ हजार घनमिटरमात्रै ढुंगा, गिटी, बालुवा उत्खनन गर्न पाउने सम्झौता त्रियुग निर्माण सेवासँग भएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो।

No description available.

यस क्षेत्रको वातावरणीय सन्तुलन, नदीको बाहव, सञ्चालित पेशा व्यवसाय जस्ता विषयमा प्रतिकूल प्रभाव पार्ने कुनै कार्य नगर्न, नगराउन तथा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्न शहीद लखन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष थापाको भनाई छ । प्रमुख थापामगरको संयोजकत्वमा गएको अनुगमन टोलीले ठेक्का लागेको ठाँउ ठेवाटार त्यहाँबाट उत्खनन् गरी भण्डारण गर्ने माथिल्लो ठेवारटारको समेत अनुगमन गरेको छ ।

No description available.

यहाँ चितवनतर्फको केही मिटरमात्रै छाडेर गोरखाको ठेवाटारबाट त्रिशूली नदीको बाँकी भागमा ढुंगा थुपारेर बाटो बनाइएको थियो। यसले नदीको बाहबलाई केही मिटरमा सीमित गरेको छ। ठेकेदारले अहिले साँघुरो क्षेत्रबाट बेगले पानी बगिरहेको ठाउँमा पुल बनाउने तयारी गरेको थियो। नदीको चितवनतर्फको क्षेत्र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ४ लेवाटार पर्छ। अनुगमनमा समन्वय अधिकारी नानिबाबु पोखरेल, उपप्रमुख लिला परियार, प्रविधिक कपिल कार्पी सहित प्रहरी टोलीको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology