गोरखा, २९ फागुन । गोरखा सदरमुकाममा भएको ट्र्क दुर्घटनामा १ जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुने पुरुष को हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले बताउनुभयो ।
सदरमुकाम स्थित बिसौनी मोडको ओरालोमा प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनि ट्रक सडकबाट ५० मिटर तल जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुगेको ट्रकले सडक किनारामा चनाचटपट खाएका र पैदल हिडी रहेकाहरुलाई समेत ठक्कर दिदा ६ जना पुरुष र २ जना महिला गंभिर घाईते भएका छन् ।
घाईते सबैको गोरखा अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालका अनुसार उपचार भईरहेका मध्ये पनि ३ जनाको अवस्था गंभिर रहेको उहाँले बताउनुभयो ।