Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सदरमुकाममा ट्रक दुर्घटनाग्रस्त, ट्रकले घिसारेर ४ जना गम्भीर घाइते


1.1K
Shares

गोरखा सदरमुकाममा ट्रक दुर्घटनाग्रस्त, ट्रकले घिसारेर ४ जना गम्भीर घाइते

 

गोरखा, २९ फागुन । गोरखा सदरमुकाममा आज ट्र्क दुर्घटनाग्रस्त भएको छ । सदरमुकाम स्थित बिसौनी मोडको ओरालोमा प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनि ट्रक सडकबाट झण्डै १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका क्रममा सडक छेउमा फुटपाथमा ब्यापार गर्दै आएका व्यापारी, पैदलयात्री, बाईक समेतलाई ट्रकले लछारेर लगेको थियो । दुर्घटनामा अहिलेसम्म ४ जना गम्भीर घाइते भएको पुष्टि भएको छ। अन्य केही सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्दार गरि गोरखा अस्पतालमा उपचारका लागि पुर्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाले जनाएको छ । घाइतेहरुको पहिचान खुल्न बाकी छ । घटनाको थप विवरण प्राप्त हुन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology