Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको बुङ्कोटघाटमा जारीमहायज्ञमा पाँच दिनमा ७० लाख सहयोग संकलन


1K
Shares

गोरखाको बुङ्कोटघाटमा जारीमहायज्ञमा पाँच दिनमा ७० लाख सहयोग संकलन

गोरखा,२९ फागुन । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्वर – ९ नामजुङको बुंकोटघाटमा जारी भीमविरेश्वर मन्दिरमा भईरहेको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा अहिलेसम्म ७० लाख रुपैयाँ संकलन भएको छ । महायज्ञको पाचौं दिनसम्ममा अहिले ७० लाख रुपैया आर्थिक सहयोग जुटेको मुल समारोह समितिका संयोजक सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । महायज्ञ यज्ञबाट २ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । थापाका अनुसार पहिलो दिनमा १५ लाख, दोस्रो दिनमा ७ लाख, तेस्रो दिनमा १२ लाख, चौथो दिनमा २५ लाख र पाँचौ दिनमा ११ लाख रुपैयाँ संकलन भएको छ । विक्रम सम्बत १९८८ सालामा भिमसेन थापाले महादेवको मन्दिर, सत्तल,कान्जिघर, कारागार तथा माझी र पाहुना बस्ने घरहरु निर्माण गरेका थिए । नेपालकै ठुलो सत्तल, चत्वरे यात्री, बटुवा आदिलाई बस्नका निम्ति धर्मात्मा ब्यक्तिहरुद्वारा बनाइएको विशेषतःदेवस्थलहरुमा–निर्मित ठुलो कोठो, तलो आदि भएको घर वा पाटी धर्मशाला मानिदै आएको छ । बुढी गण्डकी जलाशय निर्माण गर्दा उक्त मन्दिर ढुवानमा पर्ने भएपछि स्थानियको सक्रियतामा मन्दिर उपयुक्त स्थानमा स्थान्तरणकोलागी महायज्ञ लगाईएको आयोजक समितिका सह संयोजक शिब बञ्जराले बताउनुभयो । फाल्गुण २३ गतेबाट सुरु भएको भीमविरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ फाल्गुण ३० गतेसम्म सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । ऐतिहासिक उक्त मन्दिर ०३६ साल पछि भिमसेन थापाका सन्ततीहरुमा बिचन आए पछि भग्नावशेष अवस्थामा रहेको छ । मन्दिरमा भएका सुनका गजुर, नागपासा तथा बहुमुल्य बस्तु अहिले पनि ब्यक्तिहरुले आफ्नो निजी घरमा राख्दै आएका छन् । महायज्ञमा गोरखा जिल्लाको गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिकाका र धादिङको ज्वालामुखी, खरी र त्रिपुरासुन्दरी गाउँपालिकाका श्रद्वालुहरुले कथा श्रवण गरिहको मुल समारोह समितिका महासचिव नारायण लामिछानले बताउनुभयो । लामिछानेका अनुसार पाँचौ दिनसम्म २५ हजार श्रद्वालु यज्ञमा सहभागी भईसकका छन् । समितिका अनुसार हालसम्म ५ जनाले तुला दान गरिसकेका छन् भने २ जनाले २ लाख ११ हजार १११ रुपैयाँ यज्ञमा दान गरेका छन् । यज्ञमा सहभागीहुनेहरुलाई दैनिक ३ वटा रुपमा निशुल्क बस सञ्चालमा ल्याएका छन् । प्राप्त जानकारी अनुसार मैलुम, बतासे र फुजेलको रुटमा निशुल्क बस सञ्चालन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology