आँबुखैरेनी, २८ फागुन । आँबुखैरेनी गाउँपालिका–३, अमिलिबोटे तनहुँमा गत फागुन २६ गते शुक्रबार र २७ गते शनिबार संचालन गरिएको प्रथम आँबुखैरेनी आलु मेलामा १ लाख रुपैंया भन्दा बढीको आर्थिक कारोबार भएको छ ।
शुक्रबार पहिलो दिन आलु १४ हजार १ सय रुपैंया, दुग्धजन्य वस्तु १६ हजार ६ सय रुपैंया, कपडा जन्य ३ हजार ५ सय रुपैंया, स्थानीय खाजाका परिकार ९ हजार ५ सय रुपैंया, कृषि तथा तरकारी जन्य वस्तु १७ हजार ५ सय रुपैंया बराबरको आर्थिक कारोबार भएको छ ।
यस्तै, शनिबार दोस्रो दिन आलु ८ हजार ७ सय ५० रुपैैंया, दुग्धजन्य वस्तु १५ हजार ६ सय ५० रुपैंया, स्थानीय खाजाका परिकार ८ हजार १ सय २५ रुपैंया, कृषि तथा तरकारी जन्य वस्तु १० हजार ६ सय रुपैंया बराबरको आर्थिक कारोबार भएको हो ।
आँबुखैरेनी गाउँपालिका कृषि विकास शाखाको आयोजना संचालित प्रथम आँबुखैरेनी आलु मेलामा पहिलो दिन ६१ हजार २ रुपैंया र दोस्रो दिन ४३ हजार १ सय २५ रुपैंया गरी १ लाख ४ हजार ३ सय २५ रुपैंया बराबरको आर्थिक कारोबार भएको कृषि विकास शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।