Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ भोलि


2.8K
Shares

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ भोलि

काठमाडौं, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिनु हुने भएका छन्।

राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ। प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनु हुनेछन्।

पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित हुनु भएका थिए। राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। उहाँ निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology