Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


1.4K
Shares

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं, २८ फागुन । जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीले श्रीमान् आइतेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

मृतक ममताको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले जानकारी दिनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology