Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अजिरकोट गाउँपालिकाद्वारा भच्चेक बजार अनुगमन: बिक्रिका लागि राखिएका अखाद्य बस्तु जफत


3.6K
Shares

अजिरकोट गाउँपालिकाद्वारा भच्चेक बजार अनुगमन: बिक्रिका लागि राखिएका अखाद्य बस्तु जफत

गोरखा, २८ फागुन । गोरखाको अजिरकोट गाउँपालिका बडा नम्बर–३ भच्चेक बजारस्थित अधिकांश पसलमा म्याद नाघेका तथा अखाद्य सामाग्री भेटिएको छ ।

No description available.

शुक्रबार र शनिबार भएको अनुगमनको क्रममा अधिकांश पसलमा म्याद नाघेका तथा अखाद्य सामाग्री धेरै मात्रामा भेटीएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार भच्चेक बजार क्षेत्रमा अखाद्य सामाग्रीहरु भेटिन थालेको भन्ने नागरिकको गुनासो आएपछि बजार अनुगमन गरिएको हो ।

No description available.

उक्त क्षेत्रका ६३ वटा पसलको अनुगमन गरिएको उपाध्यक्ष भुजेलले बताउनुभयो । उहाँका अनुसार बरामद सामग्री करी २ बोलेरो  रहेको छ । बरामद सामग्री प्रहरी र पत्रकारहरुको संयुक्त सहभागितामा नस्ट गरिने उहाँको भनाई छ ।

No description available.

पालिकाकी उपाध्यक्ष भुजेलको संयोजत्वमा सम्पन्न अनुगमनमा पालिका अध्यक्ष दिपक देबकोटा, प्रमुख प्रशासकिय अधिकृत नबराज वस्ती, पशु शाखा अधिकृत अनुप श्रेष्ठ, उद्योग वाणिज्य संघका सदस्य र प्रहरी टोली लगायतको सहभागिता रहेको थियो । नागरिकहरु स्वास्थमा खेलबाड हुन नदिन गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology