गोरखा, २७ फागुन । गोरखा क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेद्वार बिष्णु पाण्डे विजयी हुनु भएका छन् । अखिल क्रान्तिकारीको गोरखा जिल्ला अध्यक्ष समेत रहेनु भएका पाण्डे क्याम्पसको स्ववियु सभापतिमा निर्बिरोध निर्वाचित हुनु भएका हुन्।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले तालमेल गरेर जाने सहमती भएको थियो । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने विद्यार्थी संघ संगठनबिच सहमती भएको हो ।
पाण्डे विद्यार्थी संघ संगठनको साझा उम्मेद्वार रहनु भएको थियो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज शनिवार उम्मेदवारी दर्ता गर्ने दिन रहेको थियो ।